काठमाडौं । अमेरिकी डलर देखाएर ठगी गर्ने धन्दामा संलग्न ३४ वर्षीय बिष्णुबहादुर भण्डारीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमातहतको इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले बिहीबार दिउँसो उनलाई बाह्रबिसेको सुनकोशी क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले ५० दरका १७ थान र १ दरका ५४८ थान अमेरिकी डलर बरामद गरेको छ ।
इप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताएका छन् ।