Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारतबाट आउँदै गरेका दुईजना कटुवा पेस्तोलसहित पक्राउ

भारतबाट आउँदै गरेका दुईजना कटुवा पेस्तोलसहित पक्राउ

बिहिवार , भाद्र १२, २०८२

सर्लाही । सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

रामनगर गाउँपालिका–७ सिसौट टोलका करिब २५ वर्षीय किशन महरालाई विशेष सूचनाका आधारमा पक्राउ गरी सोधपुछका क्रममा उनको बयानका आधारमा अर्का १८ वर्षीय श्याम महरालाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बागमती नदीको किनारबाट एउटा कटुवा पेस्तोल बरामद गरिएको छ । भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवा तर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका किशन महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछमा किशनले आफूले बोक्ने गरेको हतियार बागमती नगरपालिका–४ जिरायत टोल बस्ने विनोद महराका छोरा १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताए । श्यामको बयान अनुसार हतियार बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरमा राखिएको भेटियो।

प्रहरीले तोकिएको स्थानबाट कटुवा पेस्तोल बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतले बिहीबार १० दिनको म्याद थप गर्दै हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077