Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

महिनावारी भएकी महिला त्रिपालमुनि सुत्दा पहिरोमा ज्यान गुम्यो, बालिकाको पनि मृत्यु

महिनावारी भएकी महिला त्रिपालमुनि सुत्दा पहिरोमा ज्यान गुम्यो, बालिकाको पनि मृत्यु

शुक्रवार , भाद्र १३, २०८२

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा शुक्रबार बिहान पहिरो खस्दा एक महिनावारी भएकी महिला र एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

सेलापानीस्थित चुरखोली टोलमा बिहान करिब ५ बजेतिर घरभन्दा टाढा त्रिपाल टाँगेर सुतिरहेका बेला भीरबाट खसेको ढुंगाले ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

बालिका कविताकी आमा रत्ना भण्डारी गम्भीर घाइते भएकी छन् । उनलाई प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृतक निम खनाल र घाइते रत्ना भण्डारी दुवै महिनावारी भएकाले घरभन्दा टाढा खेतबारीमा त्रिपाल टाँगेर बसिरहेका थिए ।

कविता आमा रत्नासँगै सुत्न गएकी थिइन् । भण्डारी परिवारको स्थायी ठेगाना मंगलसेन नगरपालिका–६ भए पनि केही महिना अघिदेखि उनीहरू ससुराली गाउँ बारलामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077