Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कुँवर, थापा र खापुङ : जसले एकै दिन नाम निकालेर पनि आईजीपी बन्ने सौभाग्य पाए

कुँवर, थापा र खापुङ : जसले एकै दिन नाम निकालेर पनि आईजीपी बन्ने सौभाग्य पाए

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । २०५१ सालमा नेपाल प्रहरीको इन्सपेक्टरमा जागिर खानका लागि फारम भरेर नाम निकाल्न सफल भएकाहरुलाई तत्कालिन सरकारले तीन पटक गरेर नियुक्ति दियो ।

प्रहरी अधिकृतको रुपमा जागिरमा होमिएका जो कोहीको पनि संगठन प्रमुख हुने रहर स्वभाविक नै हो । २०५१ सालमा भर्ना भएकाहरुले त्यो सौभाग्य पनि प्राप्त गरे ।

सबैभन्दा अचम्मको कुरो त एकै पटक फारम भरेर पनि तीन पटक गरेर नियुक्ति पाएका उनीहरुले संगठन हाँक्ने अवसर पाए ।

आजै मात्र सरकारले ३२औं आईजीपीका लागि नियुक्त गरेका चद्रकुवेर खापुङ, आईजीपी दिपक थापा र थापाभन्दा अघिका आईजीपी बसन्तबहादुर कुँवरले एकै पटक फारम भरेका थिए ।

तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन पटकमा नियुक्ति दिइएको थियो । जसका कारण तीनै पटकमा नियुक्त भएकाहरुले आईजीपी बन्ने सौभाग्य पाए ।

पहिलो पटक २०५१ साल चैत ५ गते नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजीपी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए ।

दोस्रोमा, १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने । उनी पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ एकल प्रतिस्पर्धी बनेका थिए र उनले पनि संगठन हाँक्ने अवसर पाए ।

उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् भने खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।

त्यसैलै खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनेका थिए । प्रहरीमा अहिलेको प्रावधान कायम रहेमा उनी ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिकमा अनिवार्य अवकाशमा जानेछन्।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि सरकारले एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो।

नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077