एजेन्सी । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई पदबाट हटाएको छ।
कम्बोडियासँगको सीमा मुद्दामा संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाएको हो।
फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाइकी छिन्।
अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मा उनलाई निलम्बन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले जिम्मेवारी सम्हालेकी थिइन्।