Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

८४ मा एकीकृत समाजवादी पहिलो शक्ति बन्न सक्छ : माधव नेपाल

८४ मा एकीकृत समाजवादी पहिलो शक्ति बन्न सक्छ : माधव नेपाल

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो शक्ति बन्न सक्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित समाजवादी प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले जनताको मन र विश्वास जित्दै पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न अहिलेदेखि नै तयारीमा जुट्न नेता(कार्यकर्तालाई निर्देशन दिए।

उनले भने- ‘आगामी २०८४ को चुनावको निम्ति अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। हामी पनि यहाँ एउटा महत्त्वपूर्ण शक्तिको रूपमा छौँ र पहिलो नम्बरको शक्तिको रूपमा हामी स्थापित हुन सक्छौँ। यदि हामीसँग मन र भावना मिलेकाहरू सँगसँगै जान्छन् भने, पहिलो शक्तिको रूपमा हाम्रो यो पार्टीलाई स्थापित गर्न सक्छौँ।’

उनले चुनाव जित्नका लागि राजनीति गर्ने नभई समाज रूपान्तरणका लागि राजनीति गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077