Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रचण्डको स्वीकारोक्ति - हिजोको जस्तो शान मेरो अहिले छैन

प्रचण्डको स्वीकारोक्ति - हिजोको जस्तो शान मेरो अहिले छैन

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता–कार्यकर्तालाई सडक आन्दोलनमा उत्रन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले प्राप्त अधिकार गुम्ने खतरा बढेको भए पनि त्यसको रक्षाका लागि अब सशक्त शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको स्पष्ट पारे । उनले अब आन्दोलन बाहेक कुनै विकल्प नरहेको बताउँदै, जेल–नेल र यातना सहने तयारी गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले विगतमा जनयुद्ध, शान्ति प्रक्रिया र चुनावमा देखाएको शक्ति सम्झिँदै अहिलेको अवस्थामा त्यस्तो प्रभाव नभएको स्वीकार गरे ।

उनले जनताको अधिकार र न्याय सडक संघर्षबाट मात्रै प्राप्त हुने दाबी गर्दै, सजिलै ऐन र प्राधिकरणमार्फत मुक्ति पाइँदैन भनेका छन् । आफ्नो सान पहिलाको जस्तो नरहेको पनि उनले स्वीकार गरे ।

उनले विगतमा निर्वाचनमा भोट हाल्न जनमुक्ति सेनाका दुई गाडी अघिपछि राखेर गएको स्मरण गरे ।

‘फेरि विद्रोह गर्न, युद्ध गर्न, हतियार उठाउन पर्ने र सक्ने दुवै ठाउँमा छैनौं। पर्ने ठाउँमा नि पुगिसक्या छैनौं, सक्ने ठाउँमा नि पुग्या छैनौं,’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077