एजेन्सी । युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबियको पश्चिमी युक्रेनको लभिभमा गोली हानी हत्या भएको छ ।
युक्रेनी अधिकारीहरूले दिएको जानकारीअनुसार यो घटना शनिबार दिउँसो स्थानीय समयअनुसार करिब १२ बजे लभिभको फ्रान्किभ्स्क जिल्लामा भएको हो ।
बीबीसीले जनाएअनुसार एक कुरियरको भेषमा आएका बन्दुकधारीले ई-बाइक प्रयोग गरी उनलाई धेरै पटक गोली हानेका थिए ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यसलाई भयानक हत्या भन्दै समवेदना व्यक्त गरेका छन् ।