दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ ।
उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको हो ।
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो।
दोस्रो अप्रेसनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य चुनिएकी थिइन् ।