Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुईवटा संसदीय समितिको बैठक बस्दै

दुईवटा संसदीय समितिको बैठक बस्दै

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई विशेषगत समितिको बैठक आज बस्दै छ ।

संसद सचिवालयका अनुसार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

बिहान ८ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिनेछ ।

सिंहदबारस्थित सम्बन्धित समितिको सभाकक्षमा बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077