Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ड्रयागन र हात्ती एकसाथ आउनु नै सही विकल्प हो : चिनियाँ राष्ट्रपति

ड्रयागन र हात्ती एकसाथ आउनु नै सही विकल्प हो : चिनियाँ राष्ट्रपति

आइतवार , भाद्र १५, २०८२

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता भएको छ ।

दुई नेताबीच यो भेटवार्ता आइतबार-सोमबार तियानजिनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) को वार्षिक शिखर सम्मेलनका क्रममा भएको हो ।

सोहि क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिप्रति अप्रत्यक्ष टिप्पणी गर्दै राष्ट्रपति सीले भारत र चीनले आफ्ना सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् ।

उनले भने- 'दुवै पक्षले आफ्ना सम्बन्धलाई रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्छ र सम्हाल्नुपर्छ, ताकि हाम्रो द्विपक्षीय सम्बन्धको निरन्तर, सुदृढ र स्थिर विकास हुन सकोस् । दुवै देशका लागि असल छिमेकी र सौहार्दपूर्ण सम्बन्ध भएका मित्र बन्नु, एकअर्काको सफलतामा सहयोगी साझेदार बन्नु र ‘ड्रयागन र हात्ती एकसाथ आउनु’ नै सही विकल्प हो ।'

सीले भारत र चीनले बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा थप लोकतन्त्रका लागि पनि काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै मोदीले भने- 'हाम्रा विशेष प्रतिनिधिहरूबीच सीमा व्यवस्थापनबारे सम्झौता भएको छ । कैलाश मानसरोवर यात्रा पुनः सुरु गरिएको छ । दुवै देशबीच सीधा उडानहरू पनि पुनःस्थापना भइरहेका छन् । हाम्रो सहकार्यसँग दुवै देशका २.८ अर्ब मानिसको हित जोडिएको छ । यसले सम्पूर्ण मानवताको कल्याणको मार्ग पनि प्रशस्त गर्नेछ ।'

मोदी र सीबीच करिब दश महिनापछि यो पहिलो भेटमा व्यापार र भन्सार शुल्कमा अमेरिकाको नीतिका कारण भारत-अमेरिका सम्बन्धमा आएको तनावको पृष्ठभूमिमा यो भेटलाई महत्त्वपूर्ण मानिएको छ ।

करिब एक घण्टा चलेको बैठकमा सीमा विवाद, कैलाश मानसरोवर, व्यापार र पारस्परिक सम्बन्धलाई सुदृढ गर्ने जस्ता विषयमा छलफल भएको थियो । दुई नेताबीच पछिल्लो भेट अक्टोबर २०२४ मा रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077