Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अख्तियारद्वारा खोटाङका तत्कालीन तीन जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा खोटाङका तत्कालीन तीन जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार , भाद्र १५, २०८२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीनजना जिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको भन्‍दै अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालसहित१३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अयोगका अनुसार खोटाङको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशत समेत गरी ३० लाख लागत इष्टिमेट तयार गरी भवन बनाउन २०७१ साल चैत २२ मा सहमति भएपनि शर्तविपरीत भवन निर्माणको काम नगरी नै पटक–पटक २४ लाख लिएकाले उनीहरूविरूद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराईसँग १० लाख, अर्का दुई जिशिअद्वय केशवप्रसा दाहाल र ज्ञानमणि नेपालसँग जनही १४–१४ लाख, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठसँग २४ लाख, तत्कालीन सब–इन्जिनियर शिवराज राईसँग २४ लाख, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग ८ लाखसँग विगो माग गरेको छ।

त्यसैगरी अख्तियारले विद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ऋषिराम पोखरेलसँग जनही ८ लाख, विद्यालयका वर्तमान प्रधानाध्यापक नयन कुमार राई र विद्यालयका तत्कालीन लेखापाल सीता कार्कीसँग ५ लाख १२० रुपैयाँ र भवन निर्माण गर्ने जिम्मा पाएका अर्जुन तामाङसँग १६ लाख रुपैयाँ बिगो माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077