Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भदौ ३१ सम्म बीपी राजमार्गमा राति सवारी साधन चलाउन रोक

भदौ ३१ सम्म बीपी राजमार्गमा राति सवारी साधन चलाउन रोक

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले आइतबार भदौ मसान्तसम्म राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

गत वर्षको वर्षातले बनाएको क्षतबिक्षत विपी राजमार्गमा, कमजोर भौगोलिक अवस्था र मनसुन अझै कायम रहेको हुँदा भदौ मसान्तसम्मै राती सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साधनलाई साँझ ५ देखि बिहान ५ बजेसम्म रोक लगाउनले निर्णय भएको हो ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077