बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् ।
बुटवलको बेलबासमा पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
'बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिलाभन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईंहरू त्यसको तयारी गर्नुहोस्,' उनले भने ।
प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंघर्षको स्वाभाविक स्वरूप भएको पनि टिप्पणी गरे ।