Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बैतडीमा वर्षासँगै खसेको पहिरोले एक घर पुरियो

बैतडीमा वर्षासँगै खसेको पहिरोले एक घर पुरियो

सोमवार , भाद्र १६, २०८२

बैतडी । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ।

आइतवार अपराह्न घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिए।

घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताए।

पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन्। यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077