Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अटो खोलामा खस्दा बेपत्ता तीन जनामध्ये एक बालिकाको शव फेला

अटो खोलामा खस्दा बेपत्ता तीन जनामध्ये एक बालिकाको शव फेला

सोमवार , भाद्र १६, २०८२

दार्चुला । दार्चुलामा अटो खोलामा खस्दा बेपत्ता तीन जनामध्ये एक बालिकाको शव फेला परेको छ ।

दार्चुलामा अटो रिक्सा दुर्घटना भएको छ। जिल्लाको नौगाड गाउँपालिका ५ सौकेबगरमा गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर यात्रु बाहक अटोरिक्सा होपरी खोलामा खसेको थियो ।

अटो रिक्सा खोलामा खसेपछि ३ जना बेपत्ता भएका थिए। तीन जनामध्ये बालिकाको शव भेटिएको हो।

अन्य २ जना यात्रु खोलामा बेपत्ता रहेका छन्। उनीहरुको खोजी भइरहेको छ।

दुर्घटनामा अटो चालक नौगाड गाउँपालिका ६ का मनिराम भुल र उनका छोरा आयुस भुल घाइते भएका छन्। अटो रिक्सामा चालकसहित ५ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077