Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कर्णाली राजमार्ग खुलाउन नेपाली सेना सक्रिय, १३ करोड मूल्यको स्याउ बाटोमै अलपत्र

कर्णाली राजमार्ग खुलाउन नेपाली सेना सक्रिय, १३ करोड मूल्यको स्याउ बाटोमै अलपत्र

मंगलवार , भाद्र १७, २०८२

कालिकोट । भदौ १४ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग खुलाउन नेपाली सेना सक्रिय भएको छ ।

जुम्ला–सुर्खेत खण्ड अन्तर्गत कालिकोटको शुभकालिका–१, गगने खोलामा खसेको पहिरो पन्छाउन सेनाको टोलीले लगातार प्रयास गरिरहेको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीका अनुसार सेनाले सोमबार मात्रै तीन पटक ब्लाष्टिङ गरे पनि पहिरो सँगै आएको ठूलो ढुङ्गा नफुटेकाले मंगलबार बिहानदेखि फेरि प्रयास जारी छ । उनका अनुसार झण्डै एक सय घनमिटरको विशाल चट्टान राजमार्गमै खसेको छ।

यसअघि सडक डिभिजनले डोजरमार्फत पहिरो हटाउने प्रयास गरेको थियो तर ठूला चट्टानका कारण सफल हुन सकेको थिएन।

पाँच दिनदेखि ठप्प यातायातका कारण जुम्ला–सुर्खेत खण्डमा खाद्यान्न र आवश्यक सामग्री ढुवानीमा ठूलो समस्या भएको छ। जुम्लाबाट पठाइएको करिब १३ करोड मूल्य बराबरको स्याउ समेत बाटैमा अलपत्र परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077