Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना : हराएका दुई युवाको शव खोलामा फेला

मोटरसाइकल दुर्घटना : हराएका दुई युवाको शव खोलामा फेला

मंगलवार , भाद्र १७, २०८२

रसुवा । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परेर हराएका दुई युवाको शव फेला परेको छ ।

भाद्र १५ गतेदेखि सम्पर्कविहीन रहेका २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेन्डुप तामाङको खोजी कार्यपछि मंगलबार उनीहरूको शव खोलामा भेटिएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शवमध्ये एक जनाको शव रोप रेस्क्यू विधिबाट निकाल्ने कार्य जारी छ भने अर्को शव स्थानीयले सोही खोलामा देखेको जानकारी प्राप्त भएको छ।

घटनापछि आफन्तले भाद्र १७ गते जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन दिएका थिए । त्यसपछि सीसीटीभी फुटेजमा उनीहरू धुन्चेबाट ठाडेतर्फ मोटरसाइकल (ना ३३ प ३८१७) मा गइरहेको देखिएको पुष्टि भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवाको संयुक्त टोली खोजीमा परिचालित भएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077