काठमाडौं । उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले आज गोंवबुस्थित एक घरबाट पौने चार करोड रुपैयाँ नगर र झण्डै दुई किलो सुनसहित एक जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा गोरखाका विनोदकुमार श्रेष्ठ छन् । श्रेष्ठ नै घरमालिक रहेको पनि खुलेको छ ।
प्रहरी स्रोतका अनुसार श्रेष्ठले सुन धितो लिएर रकम मिटर ब्याजमा लगाउने गरेको खुलेको छ। काठमाडौं महानगरपालिका २६ गंगबुस्थित उनको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेर तीन करोड ७६ लाख नगद रुपैयाँ र झन्डै दुई किलो सुन बरामद गरेको हो ।
प्रहरी अनुसन्धानका क्रममा ७७ वर्षीय श्रेष्ठले सुनका गहना धितो लिएर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिएको खुलेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।