काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोदकुमार श्रेष्ठको घरबाट तीन किलोभन्दा बढी सुन पनि भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठको घरबाट झण्डै चार करोड नगदसँगै तीन किलो जति सुनका गहना पनि भेटिएका हुन् । अहिले पैसा गन्ने मेसिन मगाएर पैसा गन्न सुरु गरिएको छ ।
गोरखा नगरपालिका-१ घर भई हाल काठमाडौं-२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरबाट पत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त रकम र अवैध सुन बरामद गरेको हो ।
सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।