Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साहसी कार्य गर्ने प्रहरी जवान बोहरा बने सुदूरपश्चिममै सर्वोत्कृष्ट !

साहसी कार्य गर्ने प्रहरी जवान बोहरा बने सुदूरपश्चिममै सर्वोत्कृष्ट !

मंगलवार , भाद्र १७, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बाजुरामा कार्यरत प्रहरी जवान नरेश बहादुर बोहरालाई “पुलिस अफ द मन्थ” घोषणा गरेको छ ।

गम्भीर जोखिम मोल्दै साहसी कार्य गरेको भन्दै उनलाई साउन महिनामा सम्मानस्वरूप प्रशंसा–पत्र प्रदान गरिएको हो । गत साउन २२ गते बडीमालिका मन्दिरमा पूजा गरेर फर्किने क्रममा बाजुराको त्रिवेणी नगरपालिका–९, माटेसाँघु भन्ने स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको थियो ।

काठमाडौँ गोकर्णेश्वर–५ का विप्लव ओझा र बर्दिया ठाकुरबाबा–४ का डिल्लीराज घोडाशैनीको शव व्यवस्थापनमा कार्य अत्यन्तै विकट भौगोलिक परिस्थिति, वर्षायामको प्रतिकूल मौसम र ९०० मिटर तलको भिरालो क्षेत्रमा गरिएको थियो ।

सो समयमा आफ्नो ज्यानको पर्वाह नगरी उच्च मनोबल, जिम्मेवारी र समर्पणका साथ उद्धार कार्य सम्पन्न गरेको भन्दै प्रहरी जवान बोहरालाई विशेष सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बर बहादुर विकले प्रशंसा–पत्र प्रदान गर्दै बोहराको योगदानले प्रहरी संगठनको मर्यादा र प्रतिष्ठा अभिवृद्धि गरेको बताए । उनले आगामी दिनमा पनि अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा बोहराले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077