Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पुटिनसहित विश्व नेतासमक्ष बेइजिङमा सीको शक्तिशाली सैन्य प्रदर्शन

पुटिनसहित विश्व नेतासमक्ष बेइजिङमा सीको शक्तिशाली सैन्य प्रदर्शन

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । चीनको राजधानी बेइजिङमा विशाल सैन्य परेड सुरु भएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे (नेपाली समय अनुसार बिहान ६ः४५) बाट परेड सुरु भएको हो ।

यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिसहित विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री सहभागी भएका छन् ।

चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गर्दैछ । चीनले यस अगाडि विजय दिवसको अवसरमा सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरिएको थियो ।

चीनको सैन्य शक्तिको भव्य प्रदर्शन हुने बताइएको छ । जसमा ड्रोन, हाइपरसोनिक क्षेप्यास्त्र र लडाकु विमानजस्ता उन्नत सैन्य उपकरणहरूको कोरियोग्राफ गरिएको प्रदर्शन समावेश हुनेछ।

चिनियाँ सैन्य अधिकारीका अनुसार परेडमा सयौं पिपुल्स लिबरेसन आर्मी (पीएलए) विमानहरू प्रदर्शन गरिने छ ।

‘विजय दिवस’ परेडमा ४५ वटा सेनाका टुकडीले भाग लिनेछन्। बेइजिङको तियानमेन स्क्वायरमा सीलाई पार गर्दै लगभग ७० मिनेटसम्म चल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077