Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

डिप फेक प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले

डिप फेक प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले साइबर ब्युरो जाने भएका छन् ।

सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै उजुरी लिएर उनी नेपाल प्रहरीको साइबर ब्युरो जाने भएका हुन् ।

उपसभापति वाग्ले आज दिउँसो उजुरी लिएर साइबर ब्युरो जान लागेका रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने- 'उपसभापति माननीय डा. स्वर्णिम वाग्लेको आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिप फेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यको विरुद्धमा उजुरी दिन साइबर ब्युरोको कार्यालय जाँदै हुनुहुन्छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077