Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आज पाँच दलका कार्यालय अगाडि धर्ना दिँदै शिक्षक महासंघ

आज पाँच दलका कार्यालय अगाडि धर्ना दिँदै शिक्षक महासंघ

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले नेपाल शिक्षक महासंघले आज राजधानीका पाँच फरक–फरक पार्टी कार्यालय अगाडि धर्ना कार्यक्रम गर्ने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने धर्नामा सहभागी भई ऐक्यबद्धता जनाउन सबै शिक्षकहरूलाई आह्वान गरिएको छ।

कार्यक्रमअनुसार बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी कार्यालयमा सुवेदी स्वयं संयोजक हुनेछन् ।

त्यस्तै, जनमत पार्टी बानेश्वरमा सहअध्यक्ष नानुमाया पराजुली, जनता समाजवादी पार्टी ग्वार्को, ललितपुरमा उपाध्यक्ष पुष्प कुँवर, नागरिक उन्मुक्ति पार्टी बानेश्वरमा महासचिव तुलाबहादुर थापा र राष्ट्रिय जनमोर्चाको कपनस्थित कार्यालयमा सचिव कल्पना पनेरु संयोजक रहनेछन्।

महासंघले विद्यालय शिक्षा विधेयकसम्बन्धी मागलाई सम्बोधन गर्न सरकारलाई निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077