Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मितेरी सहकारीका अध्यक्ष गुरुङ ३५ लाख धरौटीमा रिहा

मितेरी सहकारीका अध्यक्ष गुरुङ ३५ लाख धरौटीमा रिहा

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत ललितपुरले सहकारी ठगी मुद्दामा मुछिएका मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश निर्मला योङयाको इजलासले थुनछेक बहसपछि सहकारीका अध्यक्ष गुरुङसँग ३५ लाख धरौटी माग्ने आदेश दिएको हो ।

मितेरी सहकारीको सावाँ ब्याजसहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकमसमेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको थियो ।

यसअघि न्यायाधीश योङयाको इजलासले तीन अभियुक्तमध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

ज्योति भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077