Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सभापति देउवाले भने– पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

सभापति देउवाले भने– पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

शनिवार , भाद्र २१, २०८२

विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । आज कोशी प्रदेश पुगेका देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ।  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।

उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुने वा नहुने भन्ने बहस भइरहेको बेलामा कांग्रेस सभापति देउवाको यस्तो अभिव्यक्ति आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077