Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

खग्रास चन्द्रग्रहण भोलि लाग्ने, ग्रहण लाग्दा के गर्न हुन्न ?

खग्रास चन्द्रग्रहण भोलि लाग्ने, ग्रहण लाग्दा के गर्न हुन्न ?

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए ।

शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077