Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेताका सन्तानको जीवनशैलीविरुद्ध अभियान, काठमाडौंमा प्रदर्शनको तयारी

नेताका सन्तानको जीवनशैलीविरुद्ध अभियान, काठमाडौंमा प्रदर्शनको तयारी

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै सर्वसाधारणमा आक्रोश चुलिएको छ । यही बीच विभिन्न युवाले नेताका सन्तानको आलिसान जीवनशैलीलाई सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन् ।

विशेषगरी टिकटकमार्फत सुरु गरिएको अभियानमा नेताहरुका सन्तानले उपभोग गर्दै आएको महँगो जीवनशैलीलाई ‘एक्सपोज’ गर्दै जनताको करको दुरुपयोग भएको दाबी गरिएको छ।

अभियानमा पूर्वप्रधानन्यायाधीश, पूर्वप्रहरी प्रमुखसहितका प्रभावशाली व्यक्तिहरुका सन्तानको जीवनशैलीसमेत प्रश्नवाचक बनाइएको छ ।

यो अभियानलाई कलाकार तथा कन्टेन्ट क्रियटरहरुले पनि साथ दिएका छन् । अभियानमा संलग्न युवाहरुले सोमबार काठमाडौंमा ठूलो प्रदर्शन गर्ने घोषणा गरेका छन्। माइतीघर मण्डला र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शनको तयारी भइरहेको उनीहरुले जनाएका छन्।

‘जेनजी’ पुस्ताले सुरु गरेको यस अभियानको नारा भ्रष्टाचारविरुद्ध र भविष्य सुरक्षित गर्नेतर्फ केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077