पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियानअन्तर्गत यतिबेला लमजुङमा छन् ।
अभियानका क्रममा प्रचण्ड आज बिहान भोर्लेटार क्षेत्रमा मर्निङ वाकमा सहभागी भएका हुन् ।
उनीसँगै केन्द्रबाट गएको टिम र जिल्लास्थित पार्टी नेताहरू समेत वाकमा सहभागी भएका थिए। हिँडाइकै क्रममा प्रचण्डले स्थानीय सहिद परिवारसँग भेटघाट गर्दै उनीहरूको अवस्था बुझ्ने काम गरेका छन्।
सहिद परिवारसँगको भेटमा प्रचण्ड केही भावुक बनेका थिए भने सहिदका परिवारले संघर्षकालको योगदानको कदर गर्दै वर्तमान अवस्थामा पार्टीले पूरा गर्नुपर्ने दायित्वबारे सुझाव दिएका थिए ।