Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

'जेन्जि' पुस्ता अगाडि बढे कसैले रोक्न सक्दैन : गोकुल बास्कोटा

'जेन्जि' पुस्ता अगाडि बढे कसैले रोक्न सक्दैन : गोकुल बास्कोटा

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेन्जि पुस्ता राजनीतिक आन्दोलनमा संगठित भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध जेन्जि पुस्ताले भोलि माइतीघर मण्डलामा गर्ने भनिएको विरोध प्रदर्शनलाई संकेत गर्दै बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

‘जेन्जि र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेका छन्,’ उनले लेखेका छन्, ‘हाहुमा होइन, क्षितिजपारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।’

नेता बास्कोटाले समयको प्रवाहलाई कसैले रोक्न नसक्ने भन्दै राजनीतिको चरित्र सधैं परिवर्तनशील हुने पनि टिप्पणी गरे। “मौसम दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृत्तिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै आएको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077