Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध माइतीघरमा पत्रकारहरुको प्रदर्शन

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध माइतीघरमा पत्रकारहरुको प्रदर्शन

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्दविरुद्ध आइतबार पत्रकारहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघकाको आह्वानमा आयोजित प्रदर्शनमा पत्रकारहरूले ह्यासट्याग 'नो ब्यान ,अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार, जनताको आवाज बन्द गर्न पाइँदैन, लोकतन्त्र ह्याक हुँदै छ, निरंकुशता ब्याक हुँदै छ' लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यले यसअघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । शनिबार जारी विज्ञप्तिमा उल्लेख छ- 'दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ।'

प्रदर्शनमा विभिन्न मिडियामा आबद्धलगायत सञ्चारकर्मी सहभागी छन् ।

सरकारले पटक-पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि गत बिहीबारबाट नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, एक्स, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077