Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजे ११ मिनेटमा स्पर्श गरेको थियो। राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति १ः४१ बजे ग्रहण सकिएको थियो।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिए । नेपालमा पूर्व र आग्नेयका बिचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य भएको पनि उनले बताए ।

पृथ्वीले सूर्यलाई पूर्णरूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।

यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077