काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
आजै महामन्त्रीद्वय शर्मा र गगन थापाले सभापति देउवालाई भेटेर समाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ताका लागि दबाब दिन आग्रह गरेका थिए ।