Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जेनजीलाई बानेश्वरमा बिहानैदेखि लाठीचार्ज गर्न थाल्यो प्रहरी

जेनजीलाई बानेश्वरमा बिहानैदेखि लाठीचार्ज गर्न थाल्यो प्रहरी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौंको बानेश्वर चोकमा आज बिहानैदेखि जेनजी पुस्ताले विरोध प्रदर्शन सुरु गरेका छन् । युवाहरूले सडकमा भेला भएर नाराबाजी गरेका कारण सुरक्षा निकायको ठूलो संख्या तैनाथ गरिएको छ ।

प्रदर्शन बढ्दै गएपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ भने केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

हाल बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ, र प्रहरी तथा प्रदर्शनकारीबीचको दूरी कायम राख्न प्रयास जारी छ । सोमबारको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी कम्तीमा १९ जनाको मृत्यु भएको थियो । साथै ४२१ जना घाइते भएका छन्, जसमा दर्जनौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नआउँदासम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ। यस अवधिमा सार्वजनिक स्थलमा पाँच वा बढी व्यक्तिको भीड जम्मा हुन प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077