काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार मंगलबार जेनजी आन्दोलनकारीहरूले डल्ल्लुस्थित खनालको निवासमा आगजनी गर्दा जलेकी छन् ।
घटनाको भिडिओमा देखिएको छ कि प्रदर्शनकारीकै प्रयासमा श्रीमती चित्रकारलाई उद्धार गरिएको थियो ।
उनका स्वास्थ्य अवस्थाबारे हालसम्म निश्चित जानकारी प्राप्त भएको छैन ।
स्थानीय प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।