Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल प्रहरीले भन्यो - अब कानुनी शासन लागू गर्ने कार्यमा सहयोग गरौँ

नेपाल प्रहरीले भन्यो - अब कानुनी शासन लागू गर्ने कार्यमा सहयोग गरौँ

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । जेनजीको आह्वानमा गरिएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिक र प्रहरी दुवैको मृत्युले देशभर मर्माहत अवस्था सिर्जना गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूले राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि जिम्मेवारीपूर्वक काम गर्न अत्यन्त आवश्यक छ। विरोधका क्रममा भएको जनधनको क्षति अत्यन्त अपूरणीय एवं दुःखद छ।”

नेपाल प्रहरीले परिस्थितिलाई थप बिग्रन नदिन नागरिक–प्रहरी साझेदारीलाई मजबुत बनाउन आग्रह गर्दै घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण तथा अपराधी समूहबाट हुन सक्ने थप क्षति रोक्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

साथै, विज्ञप्तिमा शान्ति पुनर्स्थापना र कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य गर्न सम्पूर्ण नागरिकसँग अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077