Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गौर कारागारबाट फरार १३ कैदी भारतमा समातिए

गौर कारागारबाट फरार १३ कैदी भारतमा समातिए

बिहिवार , भाद्र २६, २०८२

रौतहट । रौतहटको सदरमुकाम गौर कारागारबाट मंगलबार राति पलायन भएका कैदीहरूमध्ये १३ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

कारागारको पर्खाल फोडेर भारततर्फ भाग्ने क्रममा भारतीय सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा परेकामध्ये नौ जना नेपालका र चार जना भारतीय नागरिक रहेका छन्। पक्राउ परेकामा रौतहट गौर नगरपालिका–४ का २७ वर्षीय जितेन्द्र गिरी, गरुडा–५ का ३० वर्षीय गणेश साह, समनपुर–१ का २४ वर्षीय सन्तोष राम, गरुडा–५ का २३ वर्षीय रणधीर यादव, गौर–५ का २८ वर्षीय विवेक मिश्र, औरैया–२ का २५ वर्षीय राजन साह सोनार, छतौना–४ का २४ वर्षीय अजय यादव, गौर–४ का १७ वर्षीय राजेश पटेल र देवाही गौनाही–५ का ४३ वर्षीय मोहन साह छन्।

त्यस्तै, भारततर्फका कैदीमा पूर्वी चम्पारण घोड़ासहान बसबरियाका २२ वर्षीय मोनु जायसवाल, घोड़ासहान महुआई–७ का २३ वर्षीय राकेश कुमार, चिरैया थाना दीपही–२ का १९ वर्षीय मुनिफ कुमार यादव र सीतामढी मेजरगञ्ज मडपा सिरपालका २८ वर्षीय सुधीर कुमार महतो रहेका छन्।

पक्राउ परेका विवेक मिश्र भारतकै बैरगनिया क्षेत्रको एक हत्या प्रकरणमा फरार अभियुक्तसमेत रहेका छन्। उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको छ भने बाँकी १२ कैदीलाई भारतीय प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077