काठमाडौं । नेपाली सेनाले काभ्रेबाट फेला परेको सकेट बम डिस्पोज गरेको छ ।
बिहीबार साँझ सुरक्षा अपडेट सार्वजनिक गर्दै सेनाले काभ्रेपलान्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको बमलाई सुरक्षित साथ डिस्पोज गरेको जानकारी दिएको हो ।
“काभ्रेपलान्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ,” सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएको छ ।