काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई वार्ताका लागि भन्दै शुक्रबार शीतलनिवास बोलाइए पनि उनी ९ घण्टासम्म प्रतीक्षारत रहँदा पनि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट हुन सकेको छैन।
सामाजिक सञ्जालमार्फत उनले गुनासो गर्दै भनेका छन्– “म कुनै कर्मचारी वा मध्यस्थसँग कुरा गर्ने छैन, म राष्ट्रपतिसँग प्रत्यक्ष भेट्छु। एकल छलफल पनि स्वीकार हुँदैन। आन्दोलनको आवाज बोकेर हाम्रो टोलीसँगै भेट हुनुपर्छ।”
गुरुङलाई जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा शीतलनिवास बोलाइएको हो । तर अहिलेसम्म प्रत्यक्ष संवाद नहुँदा वार्ता प्रक्रियामै अन्योलता थपिएको छ ।
यसैबीच, जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। कार्कीले राष्ट्रपति पौडेलसँगको भेटमा संसद् विघटन र आन्दोलनमा भएको दमन छानबिनलाई मुख्य सर्त बनाएकी थिइन्।