Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुशीला कार्की नेतृत्वको सरकारलाई नारायणकाजी श्रेष्ठको समर्थन

सुशीला कार्की नेतृत्वको सरकारलाई नारायणकाजी श्रेष्ठको समर्थन

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट परिस्थितिमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “हामीले जेन जीको प्रस्ताव र सहमतिअनुसारकै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान गरेका थियौँ। आजको परिस्थितिमा राष्ट्रपतिज्यूले धारा ६१ अन्तर्गत सरकार गठन गर्नुभएकोमा हाम्रो समर्थन छ। यो जेन जी आन्दोलनको सफलताको महत्वपूर्ण खुट्किलो हो र आन्दोलनकारीहरुलाई यस निम्ति बधाइ दिन्छु।”

श्रेष्ठले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना समेत दिएका छन्।

उनले नयाँ सरकारलाई छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने, सुशासन र भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने, आन्दोलनमा भएको दमन र तोडफोड घटनामा निष्पक्ष छानबिन गर्ने तथा शान्ति–सुरक्षा कायम गर्ने कार्यमा आफ्नो सहयोग रहने बताएका छन्।

तर उनले संसद विघटनप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, “हाम्रो संविधानले सरकारको सिफारिशमा संसद विघटन गर्ने व्यवस्था गरेको छैन। निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः निष्क्रिय हुन्छ। यसबाहेक अन्य ढंगले संसद विघटन गर्नु संविधान भत्काउने खतरा हुन सक्छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077