Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी घरमै मृत फेला

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी घरमै मृत फेला

शनिवार , भाद्र २८, २०८२

कञ्चनपुर । जेनजी आन्दोलनको क्रममा कञ्चनपुर कारागारबाट फरार भएका एक कैदी आफ्नै घरमा मृत फेला परेका छन् ।

बेलडाँडी गाउँपालिका–१ का २६ वर्षीय पदमराज भट्ट शनिबार बिहान घरमै मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भट्ट लागुऔषध मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गर्दै आएका थिए । अदालतले उनलाई पाँच वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

कारागारबाट भागेपछि भाद्र २६ गते गाउँमै स्थानीयहरूसँग झगडा भएको खुलेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बेलौरी अस्पताल लगिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077