Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नख्खु कारागार पुगेका रवि लामिछाने फेरि घर फर्किए

नख्खु कारागार पुगेका रवि लामिछाने फेरि घर फर्किए

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ‘जेल फर्किन्छु’ भन्दै शनिबार नख्खु कारागार पुगेका थिए । तर सुरक्षाको कारण देखाउँदै उनलाई कारागारले राख्न नमानेपछि घर फर्काइएको छ ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार नख्खु कारागार प्रशासनले लामिछानेलाई राख्ने अवस्था नरहेको भन्दै जहिले बोलाइन्छ उही बेलामा उपस्थित हुने सर्तमा घर पठाएको हो ।

यसअघि जेनजी आन्दोलनका क्रममा लामिछाने नख्खु कारागारबाट निस्केका थिए। सो अवधिमा कारागार प्रशासनले उनलाई रिहा गर्ने पत्र जारी भएको भनिएको थियो, तर त्यसबारे अझै स्पष्टता आएको छैन।

प्रदर्शनका दिन फरार रहेका लामिछानेसहितका कैदीलाई कारागार प्रशासनले पुनः उपस्थित हुन आदेश दिँदै बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077