Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अन्ततः झोला बोकेर नख्खु कारागार फर्किए रवि लामिछाने

अन्ततः झोला बोकेर नख्खु कारागार फर्किए रवि लामिछाने

शनिवार , भाद्र २८, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः ललितपुरको नख्खु कारागार फर्किएका छन् । उनी कारगार पुगेको पाँच घण्टापछि कारागार प्रशासनले जेलमा राखेको हो ।

यसअघि सुरक्षाको कारण देखाउँदै उनलाई कारागारले राख्न नमानेपछि घर फर्काइएका थिए । तर अन्ततः उनलाई कारागारले जेलमै राखेको छ । जेनजी आन्दोलनको क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै कारागारबाट पठाइएको दाबी गरे पनि यो विषय विवादमा परेको छ ।

रविले सार्वजनिक गरेको कारागार पत्रलाई धेरैले शंका गरेका थिए भने कारागार प्रशासनले पनि त्यस्तो पत्र आफूहरुले उनलाई नदिएको स्पष्ट पारेको थियो।

जेनजी आन्दोलनको नाममा उनका समर्थकले कारागारमा दबाव बढाएर रवि निस्किएको आरोप लागेको छ। उनका मुक्तिपछि देशभरका कैदीहरू निस्कने होड चलेको भन्दै सामाजिक रूपमा आलोचना भएको छ।

कारागार प्रवेश गर्नु अघि रविले जारी गरेको भिडिओ सन्देशमा उनले भनेका थिए, “पछिल्लो सरकारले मेरो जीवन चरम राजनीतिक प्रतिशोधमा हराम पारेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय नहुने आशा सहित म कारागार जान लागिरहेको छु।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077