Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीको तलब निकासा दिन प्रहरी प्रधान कार्यालयको परिपत्र

प्रहरीको तलब निकासा दिन प्रहरी प्रधान कार्यालयको परिपत्र

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । आन्दोलनका कारण रोकिएको प्रहरीको तलब आइतबारदेखि वितरण हुने भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार परिपत्र गरी तलब निकासाका लागि निर्देशन गरेको हो ।

सामान्यतया सरकारी कर्मचारीले २५/२५ गते नै तलब दिने चलन छ । तर, यसपटक आन्दोलनपछि सरकारविहिन अवस्था भएको थियो । शुक्रबार मात्र सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनले कार्यभार सम्हालेकी छैनन् ।

आइतबार प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने र सानो मन्त्रिमण्डल बनाउने तयारी छ । त्यसपछि प्रशासनिक संयन्त्र पनि सक्रियत हुने अवस्था छ । प्रशासनिक संयन्त्र सक्रिय नभएसम्म कर्मचारीले भने तलब पाउने अवस्था छैन ।

विषम परिस्थितीमा पनि डिउटीमा खटिएका प्रहरीको तलब समेत रोक्दा थप समस्या आउन सक्ने भएकाले वितरणका लागि परिपत्र गरिएको एक उच्च प्रहरी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077