Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जनमत पार्टीले मधेसका मुख्यमन्त्रीलाई बोलायो फिर्ता

जनमत पार्टीले मधेसका मुख्यमन्त्रीलाई बोलायो फिर्ता

शनिवार , भाद्र २८, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता बोलाएको छ ।

शनिबार जनमत पार्टी संसदीय दलले प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता र मुख्यमन्त्री तथा मन्त्रीहरूको पद फिर्ता बोलाउने जानकारी दिएका हुन् ।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखको कार्यालयमा निवेदन पेश गर्दै यस निर्णयको औपचारिक जानकारी दिएका छन्।

हाल मधेस प्रदेश सरकारमा जनमतबाट मुख्यमन्त्री सतिषकुमार सिंह, वन तथा वातावरण मन्त्री संजय यादव, र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा रहेका थिए।

विशेषत, मंगलबार जेनजी आन्दोलनको समयमा केही जनमत नेताले फेसबुकमार्फत राजीनामा दिने संकेत गरेका थिए। तर पछि उनीहरूले राजीनामा नदिने निर्णय लिए।

यसैबीच, संसदीय दलको निर्णयअनुसार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र आफ्नो प्रतिनिधिहरूलाई पदबाट फिर्ता बोलाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077