Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ

कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ

आइतवार , भाद्र २९, २०८२

पर्वत । जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले शनिबार एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद सापकोटाका अनुसार, कुश्मा नगरपालिकाका १२, विहादी गाउँपालिकाका एक र चितवनका एकजनालाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उनले बताए । यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन् ।

पर्वत जिल्ला कारागारबाट यही भदौ २५ गते राति १९ कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट भागेका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077