Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै अमेरिका

रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै अमेरिका

आइतवार , भाद्र २९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् ।

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार रहेको र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुने भनिएको छ ।

ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै नेटोको जीत हासिल गर्ने प्रतिबद्धता एक सय प्रतिशतभन्दा निकै कम रहेको बताए ।

नेटोले चीनमाथि ५० देखि एक सय प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077