Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अमेरिकाले भन्यो – हामी अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ

अमेरिकाले भन्यो – हामी अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । अमेरिकाले नेपालमा अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको हो ।

दूतावासले नेपालमा विद्यमान कठिन परिस्थितिप्रति सहानुभूति जनाउँदै भनेको छ, “यो दुःखद घडीमा हामी नेपालसँग शोकमा छौँ। नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणलाई सहज बनाउन तथा शान्तिपूर्ण नागरिक सरकार र व्यवस्थाको पुनर्स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा हामी सम्मान गर्दछौँ।”

अमेरिकाले अन्तरिम सरकारलाई नयाँ निर्वाचनको तयारीतर्फ अघि बढ्न सहयोग गर्ने संकेत पनि दिएको छ । “अन्तरिम सरकारले आगामी महिनाहरूमा निर्वाचनको प्रक्रिया अघि बढाउँदा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ,” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077