Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

युट्युबर भाग्य न्यौपानेको उक्साहटले १५ हजार कैदी जेलबाट भागे, रवि लामिछाने पनि जिम्मेवार

युट्युबर भाग्य न्यौपानेको उक्साहटले १५ हजार कैदी जेलबाट भागे, रवि लामिछाने पनि जिम्मेवार

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । यही भदौ २४ गतेको जेनजी पुस्ताको प्रदर्शन हिंस्रक बनेपछि अहिले करिब १५ हजार कैदीबन्दी जेलबाट भागेको अवस्थामा छन् । जसको प्रमुख कारण हो युट्युबर भाग्य न्यौपानेको उक्साहट रहेको खुलेको छ ।

उनले ललितपुरको नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जेलबाट निकाल्न युट्युबबाट लाइभ गरी प्रदर्शनकारीलाई उक्साएका थिए ।

उक्त भिडियो सामाजिक संजालमा भाइरल छ । नख्खु जेलमा रवि लामिछानेको जेलमुक्तिका लागि निवर्तमान सांसद हरि ढकाल लगायतको टोली पनि पुगेको थियो । त्यसपछि सुरक्षा चुनौती भन्दै रविलाई कारागारबाट निकालिएको थियो ।

भाग्य न्यौपानेको उक्साहटमा लामिछानेको जेलमुक्त हुँदा कीर्ते पत्र बनाएर सामाजिक संजालमा सार्वजनिक गरिएको थियो । यस घटनापछि देशभर १५ हजार कैदीबन्दी जेलबाट भागेका छन् । लामिछानेलाई जेलबाट छाडिएको भन्दै अन्य कैदीबन्दी पनि विभिन्न कारागारबाट भागेका थिए ।

भागेका कैदीमा हत्या, बलात्कार र लागूऔषध कारोबारमा संलग्न अपराधीहरू पनि रहेका थिए, जसले समाजमा अपराध बढ्ने त्रास सिर्जना गरेको छ ।

सामाजिक संजालमा भाग्य न्यौपानेलाई आजीवन कारावासको माग उठ्न थालेको छ । उनले पहिले झापामा ८० किलो सुन फेलिएको झूठो खबर फैलाएका थिए, जुन अहिलेसम्म पुष्टि भएको छैन । यस्तै, उनले कपनको आकाशेधारा चौरमा बालिका फ्याँकिएको झूटो भिडियो प्रसारण गरी विवादमा परेका थिए ।

@techpanaयुट्युबर भाग्य न्यौपानेले कारागारमा आक्रमण गर्न प्रदर्शनहरूलाई उकास्नेगरी बनाएको यो भिडिओ अहिले हटाएका छन् ।♬ original sound - TechPana


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077