Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

मुख्य सचिव अर्यालले आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको बताए ।

उनका अनुसार घाइते अवस्थामा रहेका १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरीको उपचार भइरहेको बताए । प्रदर्शनका क्रममा हजार कढी घाइते भएका थिए ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसको भोलीपल्ट त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।

मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077